८ आश्विन २०८३, बिहीबार

दार्चुलामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजनाको निर्माणमा भारतीय सहयोग

एसीपी संवाददाता

२७ चैत्र २०७८, आईतवार ०१:४२ मा प्रकाशित

दार्चुलामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजनाको निर्माणका लागि भारत सरकारले ७ करोड ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । दुई जिल्लाका स्थानीय तह, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूताबासबीच सहयोगसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

‘जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनाको निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् क्रमशः दुहु गाउँपालिका, दार्चुला, नौगाड गाउँपालिका, दार्चुला र गल्छी गाउँपालिका, धादिङबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो,’ भारतीय राजदूताजउसद्धारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत यी संरचना निर्माण हुन लागेका हुन् । दुवै सामुदायिक विकास परियोजनाहरूको कूल अनुमानित लागत ७ करोड ८ लाख रुपैयाँ रहेको छ । जसअनुसार जनविकास माविलाई ३ करोड ३७ लाख, इरकोट स्वास्थ्य चौकी भवनलाई २ करोड ५३ लाख तथा महेशफाँट सिँचाइ परियोजनाका लागि लागतमा इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनालाई १ करोड १७ लाख रुपैयाँ प्रदान हुने भारतीय राजदूतावासले जनाएको छ ।

‘यी परियोजनाहरूको निर्माणले स्थानीय बासिन्दाहरूलाई राम्रो शिक्षा र राम्रो स्वास्थ्य सेवा सुविधा प्रदान गर्नुका साथै कृषि र बाली उत्पादन बढाउन स्थानीय किसानहरूलाई मद्दत गर्नेछ,’ भारतीय राजदूतावासका प्रवक्ता नवीन कुमारले भनेका छन्, ‘यसबाट स्थानीयलाई जीवन निर्वाह गर्न सजिलो हुनुका साथै उनीहरूको आर्थिक स्थितिमा पनि सुधार आउनेछ ।’

भारतले तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा अन्य सार्वजनिक संरचनाहरूको निर्माणलगायतका लागि २०६० सालयता  ५२४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ । यीमध्ये ४६७ वटा परियोजनाहरू सम्पन्न गरिसकेका छन् । ‘दार्चुलामा ६ वटा परियोजनासहित प्रदेश ७ मा ३२ वटा परियोजनाहरूलाई अघि बढाइएको छ भने धादिङ जिल्लामा ३ वटा परियोजनासहित प्रदेश ३ मा १०२ वटा परियोजनाहरूलाई अघि बढाइएको छ,’ भारतीय राजदूतावासले भनेको छ । नयाँपत्रिका बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x