१४ मंसिर २०८३, आईतवार

स्थानीय चुनावमा प्रमुख पदमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग

एसीपी संवाददाता

४ बैशाख २०७९, आईतवार १२:३४ मा प्रकाशित

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले दलित समुदायलाई पनि पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षको टिकट दिइनुपर्ने माग गरेका छन्।

साथै उनीहरूले निर्वाचित जनप्रतिनिधिहरूले जातीय विभेद गरेमा स्वतः पद खारेज हुने कानुन बनाउनपर्ने, जातीय विभेद तथा छुवाछुतको कुनै पनि कसुरमा संलग्न मानिसलाई पार्टीको जिम्मेवारीबाट तत्काल हटाउनुपर्ने र यसमा सबै राजनीतिक दलहरुले प्रतिवद्धता जनाउनपर्ने माग अघि सारेको छ।

अभियानले ०७४ को निर्वाचनमा निर्वाचित भएका दलित महिला सदस्यहरूलाई पहिलो प्राथमिकतामा राखेर उनीहरूको उचित व्यवस्थापन गरिनुपर्ने माग पनि राखेको छ।

अभियानका संयोजक खगेन्द्र सुनारले वैशाख ३० गते हुने निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व जतिसक्दो धेरै हुनुपर्ने बताए।

अहिलेका व्यवस्था ल्याउनको लागि दलित समुदायको पनि योगदान र बलिदानी रहेको उनको भनाइ छ। सेतोपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x