खजुरा गाउँ पालिकामा मल्लको नाममा सहमति
नेपालगन्ज । उर्जावान खजुरा गाउँपालिका १ का वडा अध्यक्ष सुमन मल्ल नेकपा एमालेका तर्फबाट पालिका प्रमुखको सर्वसम्मत उम्मेदवारी पाएका छन् । युवाहरुलाई रोजगारी दिने, पारिश्रमिक नलिने र वडाको विकासका काममा रातदिन खटिने भन्दै एमालेले उनलाई उम्मेदवारी बनाएको हो ।
उनले गाउँलाई फ्रि वाईफाई क्षेत्र बनाए । पक्की सडक, बर्थिङ सेन्टरको स्थापना लगायतका कामहरु सम्पन्न गरिसकेका छन् ।विरामीहरुलाई उपचारको लागि सहयोग गरे । युवाहरुमा मात्रै होईन, उनी सबै उमेर समूहका राजनीतिक कार्यकर्ता माझ लोकप्रिय मानिन्छन् ।
त्यसो त यसअघि खजुरा गाउँपालिकाको अध्यक्षमा हालमा उपाध्यक्ष, एमालको जिल्ला कमिटि सदस्यहरुले पनि सामाजिक सन्जालमा उम्मेदवार हुने दाबी गरेका थिए । वर्तमान अध्यक्ष किस्मत कुमार कक्षपति एमाले बाँकेका जिल्ला अध्यक्ष निर्वाचित भएकाले उनलाई जिल्लाको ८ वटै पालिकाको निर्वाचनको कमाण्ड समहाल्नुपर्ने चुनौती थपिएको छ । दस्तावेज बाट



