१४ मंसिर २०८३, आईतवार

नेपालगन्जमा माओवादी केन्द्र पनि असन्तुष्ट

एसीपी संवाददाता

९ बैशाख २०७९, शुक्रबार ०२:५३ मा प्रकाशित

 अहिले सहमति विरुद्ध स्थानीय नेताकार्यकर्ताले आफ्नो आक्रोश व्यक्त गर्न लागेका छन गठबन्धनमा जसपा पछि अब माओवादी केन्द्रले पनि नेपालगन्ज असन्तुष्टि व्यक्त गरेको छ ।  पाँच दलीय सत्ता गठबन्धनले नेपालगन्ज उपमहानगरपालिकामा भागबण्डामा टुंगो लगाएपछि नेकपा (माओबादी केन्द्र) असन्तुष्ट बनेको हो । सहमतिमा केही पाउनेकेही गुमाउनुपरेको छ । तर जसपा या माओवादी केन्द्र अथवा  कति पय स्थानमा काङ्ग्रेस पनि निरास भएको होला ।   प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न बैठकले भागबण्डामा टुंगो लगाएको थियो । पाँच दलिय सहमती अनुसार कांग्रेसको भागमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख र जनता समाजवादी पार्टी(जसपा)लाई उपप्रमुखको भागबण्डा परेको छ ।

पाँच दलीय गठबन्धनले गरेको उक्त निर्णयप्रति नेकपा माओबादी केन्द्र नेपालगन्ज उपमहानगर समितिले बुधबार असहमती जनाएको हो । केन्द्रीय गठबन्धन कार्यदलले गरेको निर्णय आफुहरुका लागि अब्यवहारिक र अपमानजनक भएकोले मैत्रीपूर्ण एकल प्रतिस्पर्धा गर्ने वातावरण सृजना गर्न माओबादी केन्द्र नेपालगन्जले माग गरेको छ । उनिहरुले निर्णय सच्याउन समेत माङ गरेका छ्न ।

अन्यथा पार्टी आन्दोलन र जनताप्रति घोर अन्याय हुने चेतावनी दिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रको ४ वटा वडा अध्यक्षसहित सम्मानजनक तेस्रो स्थान रहेको र पछिल्लो समयमा पार्टीको संगठनको बलियो उपस्थिती रहेको माओबादी केन्द्रले उल्लेख गरेको छ । माओबादी केन्द्र नेपालगन्ज उपमहानगर अध्यक्ष रतन शाही र सचिव प्रेमबहादुर शाहले प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x