१४ मंसिर २०८३, आईतवार

जग्गा अधिग्रहणको विषयलाई लिएर पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन

एसीपी संवाददाता

९ बैशाख २०७९, शुक्रबार ०४:४३ मा प्रकाशित

एजेन्सी –  पाकिस्तान प्रशासित कश्मीरमा पर्ने गिल्गिट बाल्टिस्तानमा सरकारले चाइना पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) परियोजनाका लागि जग्गा अधिग्रहण गरेपछि स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् ।

इस्लाम खबरले जनाएअनुसार आफ्नो पुख्र्यौली जमिन उक्त परियोजनाको सुरक्षाका लागि भन्दै पाकिस्तानी सेनासँग सम्बन्धित निजी ठेकेदारहरुलाई दिइएपछि स्थानीय बासिन्दाहरू आन्दोलित भएका हुन् ।

प्रदर्शन गिल्गिट बाल्टिस्तानको थक दास र मकपुन दास क्षेत्रमा केन्द्रित रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उनीहरुले निजी ठेकेदारहरुलाई दिइएको लाइसेन्स खारेज गर्नुपर्ने माग गरेको जनाइएको छ । प्रदर्शनकारीले सो क्षेत्र भारत र पाकिस्तानबीच विवादमा रहेकाले स्थानीयको अनुमतिबेगर पाकिस्तान सरकारसँग आफ्नो जमिन खोस्ने कुनै पनि अधिकार नरहेको समेत बताए ।

यता पाकिस्तान सरकारले भने सेनाविरुद्ध प्रदर्शन गरेको भन्दै २ सय धेरै जनाविरुद्ध  पक्राउ पुर्जी जारी गरेको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x