भारतबाट आयात हुने सफ्टवेयरको निर्यात प्रगति बढ्यो
काठमाडौं– यो वर्ष भारतबाट सफ्टवेयर र यससम्बन्धी सेवाको निर्यात बढेको छ । भारतबाट प्रकाशित हुने टेलिग्राफ इण्डियाले जनाएअनुसार वर्ष २०२१–२२ मा मात्रै भारतले अनुमानित ५० अर्ब भारु बराबरको सफ्टवेयर र यससम्बन्धी सेवा निर्यात गरेको हो ।
यसअघि सन् २०२०–२१ मा भारतले ४९ अर्ब ६० करोड तथा सन् २०१९–२० मा ४६ अर्ब ६० करोड भारु बराबरको सफ्टवेयर तथा सेवा निर्यात गरेको जनाइएको छ । चिनियाँ नाका बन्द नेपाली ब्यापारी मर्कामा तर चाईनिज स्याउ तस्करी भारत तर्फ
यस्ता सामग्री निर्यातको भारतको सूचना मन्त्रालय अन्तर्गतको स्वतन्त्र निकाय ‘सफ्टवेयर टेक्नोलोजी पार्क अफ इण्डिया’ (एसटीपीआई) ले तथ्यांक राख्दै आएको छ ।
यस निकायका प्रमुख अरविन्द कुमारले जनाएअनुसार कोभिड महामारीले पनि भारतको निर्यातलाई प्रभावित बनाउन सकेको छैन ।
‘सूचना प्रविधिको क्षेत्रमा कोभिड महामारीबाट कुनै प्रभाव परेको छैन र हाम्रा उद्योगहरुले घरबाटै काम गर्ने नीतिलाई तत्काल अवलम्बन गरेका थिए’ उनलाई उद्धृत गर्दै टेलिग्राफ इण्डियाले जनाएको छ, ‘यो वर्ष एसटीपीआईका एकाइबाट ५० अर्ब भारुभन्दा धेरैको निर्यात हुने हाम्रो अपेक्षा छ ।’


