१४ मंसिर २०८३, आईतवार

युक्रेनमा जारी युद्धबाट पाठ सिक्दै भारतले नयाँ ट्यांक बनाउने

एसीपी संवाददाता

११ बैशाख २०७९, आईतवार २२:२७ मा प्रकाशित

एजेन्सी –  भारतले रुस युक्रेन युद्धबाट पाठ सिक्दै नयाँ ट्यांक निर्माण गर्ने भएको छ । युक्रेनमा जारी युद्धमा ट्यांकभेदी क्षेप्यास्त्रहरुले निकै प्रभावकारी रुपमा ट्यांकहरु ध्वस्त पारेको पाठ सिक्दै ‘मेन ब्याटल ट्यांक’ को निर्माण गरिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसका लागि भारतीय सेनाले युद्धमा प्रयोग भएका ट्यांकभेदी क्षेप्यास्त्र तथा यस्ता क्षेप्यास्त्रबाट रुसी ट्यांकमा भएको क्षतिको समेत अध्ययन गरिरहेको एएनआईले जनाएको छ ।

भारतीय सेना रुसी हतियारको महत्वपूर्ण प्रयोगकर्ता हो । रुसी शैलीका टी ९० एवम् टी ७२ ट्यांक तथा बीएमपी नामक बख्तरबन्द गाडीलगायतका सैनिक सवारी भारतीय सेनामा समावेश छन् ।

श्रीलंका र पाकिस्तानलाई कंगाल बनाएर आफ्नो गोजी भर्यो चीनले, अफ्ठेरो पर्दा गरेन सहायता, ऋणको बदला सम्पत्ति कब्जाको रणनीति


विगतमा पाकिस्तानको सीमाक्षेत्रमा तैनाथ गरिएका यस्ता उपकरणलाई भारतले हाल चीनको सीमा क्षेत्रमा पनि तैनाथ गरिरहेको एएनआईले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x