१४ मंसिर २०८३, आईतवार

नेपालगञ्ज उपमहानगरको मेयरमा कांग्रेसबाट प्रशान्त विष्ट उम्मेदवार

एसीपी संवाददाता

१२ बैशाख २०७९, सोमबार ००:३५ मा प्रकाशित

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा पाँचदलीय गठबन्धनको साझा उम्मेदवारका रुपमा कांग्रेसबाट प्रशान्त विष्ट मेयरको उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसले उनलाई टिकट दिएको हो । विष्ट कांग्रेस नगर सभापति हुन् । युवा नेता विष्ट विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । उनी महेन्द्र बहुमखी क्याम्पसमा स्ववियु उपसभापति निर्वाचित भएका थिए । उनी नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्षसमेत भएका थिए ।

नेपालगञ्ज उपमहानगर गठबन्धन दलबीचको तालमेलमा कांग्रेसको भाग परेको थियो । गठबन्धनबाट जसपाले उपमेयर पाएको छ ।

यसअघि नेकपा एमालेले मेयरमा पशुपति दयाल मिश्रलाई र राप्रपाले नन्दलाल वैश्यलाई उम्मेदवार बनाइसकेको छ । २०७४ को चुनावमा मेयर राप्रपाले जितेको थियो भने उपमेयर कांग्रेसल जितेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x