१४ मंसिर २०८३, आईतवार

चीनमा व्यापक जनसांख्यिकीय चुनौती सिर्जना

एसीपी संवाददाता

१४ बैशाख २०७९, बुधबार ०६:५४ मा प्रकाशित

बेइजिङ- चीनमा जनसांख्यिकी संकट सिर्जना भएको छ। यसलाई रोक्‍नका लागि चिनियाँ कम्युनिस्ट पार्टीले असंख्य चिनियाँ जोडीहरूलाई आफ्नो विवाह दर्ता गर्नका लागि आग्रह गर्दै ‘प्रेम दिवस’ घोषणा गरेको पाइएको छ।

चीनले युवायुवतीहरुलाई विवाहका लागि प्रोत्साहन गर्न यो दिवस मनाइएको चिनियाँ सञ्‍चारमाध्यमहरुले नै जनाएका छन्।

यस दिनमा विवाहहरूमा वृद्धि भए पनि चीनको विवाह दर भने द्रुत रूपमा घट्दै गएको छ। जसले देशको व्यापक जनसांख्यिकीय चुनौतीमा सिर्जना गरेको छ।

समग्र सामाजिक र आर्थिक अस्थिरताको बारेमा चिन्तित भएको सीसीपीले जन्मदर वृद्धि गर्न धेरै पहलहरू गरेको छ। विशेष गरी महिला अधिकारहरूमा केन्द्रित गर्ने र धेरै बासिन्दाहरूलाई विवाह गर्नका लागि प्रलोभनमा पार्ने रणनीति अवलम्बन गरिरहेको छ।

सबैभन्दा महत्त्वपूर्ण बाधा धेरै युवाहरू विवाह गर्न चाहँदैनन्। प्रान्तीय तथ्यांक अनुसार जियाङ्सुमा लगातार पाँचौं वर्षमा विवाह दर ५ प्रतिशतले घटेको छ।

चीनमा व्यापक महँगी बढेका कारण उनीहरु विवाह गर्न नै नचाहेको विभिन्‍न सर्वेक्षणहरुले देखाएको छ। साउथ चाइना मर्निङ पोस्टले गरेको एक सर्वेक्षण अनुसार महिलाहरू विवाहमा कम चासो राख्‍ने गरेको देखाएको छ। यस चीनको आर्थिक प्रभावलाई उजागर गरेको छ।

एक विज्ञापन एजेन्सीका क्रिएटिभ डाइरेक्टर लिउ जिनका अनुसार “लिभ फर योरसेल्फ’ एउटा विज्ञापन अभियान भएको र यसलाई धेरै ब्रान्डहरूले महिला उपभोक्ताहरूलाई लोभ्याउन प्रयोग गरेको छ। किनभने ठूलो संख्यामा ३५ वर्ष मुनिका महिलाहरू आफूलाई खुसी पार्न चाहन्छन्। उनले थपे, “विवाह र बच्चाको जन्मले उनीहरूलाई तुलनात्मक रूपमा खुशी महसुस नगर्न सक्छ।’

युवा वयस्कहरूलाई परिवार सुरु गर्न प्रोत्साहित गर्न सरकारको दबाबको लागि पर्याप्त विरोध भएको छ। जसमा परिवार नियोजन नियमहरूमा परिवर्तन समावेश छ जसले मानिसहरूलाई तीन बच्चा जन्माउन अनुमति दिन्छ।

प्रख्यात लेखक र स्वतन्त्र टिप्पणीकार शेन जियाकेका अनुसार यस्ता उपायहरू प्रभावकारी हुनका लागि उनीहरूले बच्चा नजन्माउनुभन्दा अभिभावकत्वले उनीहरूको अधिकार र जीवनस्तरमा सुधार ल्याउने कुरा युवा महिलाहरूलाई बुझाउन आवश्यक छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x