१४ मंसिर २०८३, आईतवार

१२ वर्ष मुनिका बालबालिकाका लागि लगाउने खोपकाे भारतले दियाे मान्यता

एसीपी संवाददाता

१४ बैशाख २०७९, बुधबार १७:४४ मा प्रकाशित

एजेन्सी – भारतले १२ वर्ष मुनिका बालबालिकाका बनाइएको खोपलाई मान्यता दिएको छ ।

भारत बायोटेक कम्पनीले बनाएको कोभ्याक्सिनलाई ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि लगाउने अनुमति दिइएको हो । भारतीय स्वास्थ्यमन्त्री मनसुख मण्डावियाका अनुसार यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो । भारतमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको बेला १२ वर्षमुनिका बालबालिकालाई लगाउने खोपलाई अनुमति दिइएको हो ।

तर हालका लागि आपत्कालिन प्रयोगका लागि मात्रै १२ वर्षमुनि खोप लगाइने छ । त्यस्तै भारत सरकारले अन्य दुई खोपलाई पनि आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको छ । ५ देखि १२ वर्षका बालबालिकाका लागि कोर्बेभ्याक्स र १२ वर्ष भन्दा माथिका बालबालिकाका लागि जाइडसको खोप लगाउन सकिने गरी स्वीकृति दिइएको हो ।

कोर्बेभ्याक्स हाल १२ देखि १४ उमेर समूहका बालबालिकालाई पनि लगाउने गरिएको छ ।  खोप दिने कुटनितिक चालमा चिनियाँ सरकार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x