जसपा मोरङमा पार्टी छाड्नेको लर्काे,तनावमा जिल्ला अध्यक्ष
विराटनगरः जनता समाजवजादी पार्टीमा नातावाद र कृपावाद हाबी भएपछि मोरङमा पार्टी त्याग गर्नेको संख्यामा वृद्धि भएको छ ।
विराटनगरमा जनता समाजवादी पार्टीले उमेदवार छनौटमा जातीवाद देखाएको भन्दै कार्यकर्ताले धमाधम पार्टी परित्याग गर्न थालेका छन् । सत्ता गठबन्धन गरेर महानगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला र उपमेयरमा जनता समाजवादीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले उम्मेदवारी दिने निर्णय गरेपछि जसपाका कार्यकर्ताले धमाधम पार्टी त्याग गर्न थालेका हुन् ।
पार्टीका एक नेताका अनुसार आजमात्र करिब २ सयभन्दा बढीले पार्टी छाडेर अन्य पार्टीमा प्रवेश गरेका छन् । जसपाबाट असन्तुष्ट नेता कार्यकर्ताहरु महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी,डा.सिके राउत नेतृत्वको जनमत पार्टी,कांग्रेस र एमाले लगायतमा प्रवेश गरेका छन् ।
तर जसपाका जिल्ला अध्यक्षलाई खासै फरक परेको भने देखिएन । सञ्चारकर्मीहरु संग कुरा गर्दे उनले कसैले पार्टी छोड्दैमा केहि फरक नपर्ने दाबी गरे ।


