१४ मंसिर २०८३, आईतवार

चीनको सांघाइमा कोभिडका संक्रमित बढ्दै

एसीपी संवाददाता

१५ बैशाख २०७९, बिहीबार ०१:२३ मा प्रकाशित

चीनको सांघाइमा कोभिड-१९ का संक्रमितहरु बढेको देखिएको छ। यहाँका अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन्। चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र अर्थात् गएको २४ घन्टाभित्र १ हजार ६६१ जनामा संक्रमण देखिएको छ।

यी संक्रमितहरु सांघाइमै संक्रमण भएर देखिएका बताइएको छ। हाल सांघाइमा मात्र १५ हजार ३१९ जना संक्रमित रहेका छन्।चीनमा पछिल्ला केही समयमा चिनभित्रै संक्रमित भएकाहरुको संख्या बढ्दो देखिएको छ। चीन सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गरेको जनाएको छ।

यहाँको स्थानीय सरकारले सांघाइमा मात्र सोमबार ५२ जनाको कोभिड संक्रमणका कारण निधन भएको छ। ती ५२ जना संक्रमितहरु गम्भीर प्रकारको स्वास्थ्य समस्या रहेका मनिसहरु रहेका पनि बताइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x