१४ मंसिर २०८३, आईतवार

चिनियाँ कम्पनीले अलपत्र पारेको गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट बल्ल शुरु

एसीपी संवाददाता

१५ बैशाख २०७९, बिहीबार १७:२२ मा प्रकाशित

बुटवल । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाज सफल अवतरण भएकाे छ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको उक्त बिमानस्थलमा पहिलो पटक राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज अवतरण भएकाे छ । ३ बजे उडान भर्ने भनिए पनि केही प्राबिधिक कारणले गर्दा उडानमा केहि समय ढिलाई भएकाे थियाे काठमाडौंबाट अपराह्न ५ बजे उडेको विमान २७ मिनेटमा भैरहवा विमानस्थल पुगेकाे थियाे ।

जहाज विमानस्थलको एक फन्को मारेर मात्रै अवतरण गरेको थियो। तर रनवेमा मोड्न खोज्दा नमोडिएपछि करिब आधा घण्टा यतिकै बित्यो। सो क्रममा ह्यांगर ल्याएर तानेपछि मात्रै रनवेमा वाइडबडी मोडिएको थियो। भर्खरै तयार भएको विमानस्थलमा निगमको २७४ सिटे वाइडबडीले आज परीक्षण उडान गरेको हो।

सन २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सम्झौता भएकोमा, भुकम्प तथा चिनिया निर्माण कम्पनी र नेपाली सप्लायर्सका बिच बिवाद हुदा लम्विएको थियो।

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो।

पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।

आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ। धावनमार्गको लम्वाई ३ हजार मिटर र चौडाई ४५ मिटर मिटर रहेको छ। अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रावतले वायुसेवा निगमको वाइडबडी जहाजले सफल परीक्षण उडान गरेको बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणका प्रमुख गोविन्द प्रसाद दाहाल वाईडवडी जहाजले सफल परिक्षण गरेकाले अब अन्तर्राष्ट्रिय उडान भर्न सहज हुने बताए।

विमानस्थलको नयाँ धावनमार्ग अघिल्लो हप्ता देखि संचालनमा आइसकेको छ। पुरानो धावन मार्गलाई ट्याक्सी पार्किङको रुपमा प्रयोग गरिएको छ। अहिले आन्तारिक तर्फबाट उडानहरु नयाँ धावनमार्गबाटै भइरहेका छन्।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत बैशाख ८ गतेदेखि आन्तरिक रुपमा सञ्चालनमा आइसकेको छ। यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित तथा ब्यवसायीक अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ।

कुवेती जहाज कम्पनी जजिरा एयरवेजले आउँदो जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिएको हो। उसले सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ। त्यस्तै यस्तै अन्य वायुसेवा कम्पनीहरुले पनि चासो देखाइरहेको विमानस्थल प्राधिकरणले जनाएको छ । यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

चिनियाँ कम्पनीले बिजोग बनएको 
चीनको निर्माणमा ढिलासुस्ती र लापर्वाही गरिएपछि २० भदौमा भैरहवामा भएको सार्वजनिक लेखा समितिको संसदीय बैठकले समयमै काम सक्न निर्देशन दिएको थियो । तर, कामको गति भने उस्तै बन्दै आएको थियोे ।

“गति नसुधारिएसम्म जति म्याद थपे पनि प्रगति हुने छाँट देखिन्न” सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा भन्छन्, “एडीबी फिर्ता भयो भने त झनै बर्बाद हुने कगारमा हो ।

चिनियाँ ठेकेदार र स्थानीय ठेकेदारबीचको तनावका कारण शुरूदेखि आयोजना प्रभावित हुँदै आएको हो ।  प्रारम्भमा चिनियाँ कम्पनीका तर्फबाट प्रबन्धकका रूपमा खटिएका विवादित झु जुनका स्थानमा सु बैन आएका छन् । अहिले उनैको नेतृत्वमा निर्माण कार्य भइरहेको छ । तर एडीबी विश्वस्त हुन थिएन ।  यो पूर्व प्रधानमन्त्री झ्लनाथ खनालका छोरा निर्भय चित्रकार र एमाले युवा संघका उपाध्यक्ष राजु गुरुङको कम्पनी हो । १ चैतदेखि चिनियाँ कम्पनीले नर्थवेष्ट पनि अलग गर्‍यो र अहिले स्थानीय ठेकेदारका रूपमा अञ्चित बिष्टको बेष्ट प्रोजेक्टलगायतका साना कम्पनीहरूले प्रत्यक्ष—अप्रत्यक्ष काम गरिरहेका छन् ।

ग्लोबल टेण्डरमार्फत नै चिनियाँ कम्पनीले ठेक्का पाएलगत्तै स्थानीयस्तरमा चलखेल शुरू भएको थियो । चिनियाँ कम्पनीसँग शुरूको नौ महीना हिमालयन इन्फ्राटेक प्रालिले स्थानीय ठेकेदारका रूपमा काम गरेको थियो । नौ महीनापछि नर्थवेस्ट इन्फा चिनियाँ कम्पनीसँग प्रत्यक्ष जोडियो

नर्थ वेष्ट इन्फा अध्यक्ष राजु गुरुङ आयोजनाबाट आफ्नो कम्पनीले मात्रै रु.६२ करोड लिन बाँकी रहेको भन्ने हुन  । चिनियाँ ठेकेदारले व्यापारी र सप्लायर्सहरूलाई करीब रु.३२ करोड तिर्नै बाँकी छ । “ऋण खोजेर निर्माणमा लगानी गरेको हो । अब तिर्न बाकी ऋण र चिनियाँ ठेकेदारले गरेको लापरबाहीले देशको हाल कतै श्रीलंका न होस ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x