१४ मंसिर २०८३, आईतवार
चुनावमा लगातार ४ दिन बिदा
काठमाडौं। स्थानीय तहको निर्वाचनका बेला लगातार चार दिन बिदा हुने देखिएको छ। निर्वाचन आयोगले चुनाव हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस गरेको छ।
त्यसको भोलिपल्ट ३१ गते शनिबार परेको छ भने जेठ १ गते आइतबार।
सरकारको निर्णयानुसार जेठ १ देखि हप्ताको २ दिन शनिबार र आइतबार बिदा दिने नियम लागू हुँदै छ। जेठ २ गते बुद्ध जयन्ती परेको छ। यसरी चुनावको बेला लगातार ४ दिन बिदा हुनसक्ने देखिएको हो ।
Subscribe
Login
0 Comments


