१७ मंसिर २०८०, आईतवार

आईजीपी खनाल असन्तुष्ट

एसीपी संवाददाता

२१ पुष २०७६, सोमबार ०९:२० मा प्रकाशित

 २१ पौष २०७६

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाली चलचित्रमा प्रहरीलाई नकारात्मक रुपमा प्रस्तुत गर्ने गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

१० औं नेफ्टा अवार्ड घोषणा समारोहमा उनले चलचित्रमार्फत समाजमा महत्त्वपूर्ण प्रभाव पर्ने भन्दै प्रहरीलाई नकारात्मक रुपमा प्रस्तुत गर्दा प्रहरीलाई समाजले सोही रुपले लिने भएकाले सकारात्मक भूमिकामा प्रस्तुत गरिदिन आग्रह गरे ।

उनले चलचित्रकर्मीहरुले प्रहरीको भूमिकालाई सकारात्मक देखाए प्रहरीप्रति समाजमा रहेका भ्रमहरु हट्न सघाउ पुग्ने धारणा राखे ।

यस्तै खनालले प्रहरीको विषयमा फिल्म बनाइए संगठनले आवश्यक सहयोग गर्न तयार रहेको पनि बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x