श्रीलंकाका आफ्नो दाजु प्रधानमन्त्रीेलाई पदमुक्त गर्न राष्ट्रपति तयार
एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षे आफ्ना दाजु महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत हुनुभएको छ । श्रीलंका र पाकिस्तानलाई कंगाल बनाएर आफ्नो गोजी भर्यो चीनले, अफ्ठेरो पर्दा गरेन सहायता, ऋणको बदला सम्पत्ति कब्जाको रणनीति
खराब आर्थिक संकटको कारण उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न आफ्ना दाजुलाई प्रधानमन्त्रीबाट हटाइ अन्तरिम सरकार गठन गर्न राष्ट्रपति राजापाक्षे सहमत हुनुभएको सांसद मैत्रीपाला सिरिसेनाले जानकारी दिनुभयो ।
पूर्वराष्ट्रपति सिरिसेनाले संसदमा रहेका सबै दललाई समेटेर नयाँ प्रधानमन्त्रीको नाम र मन्त्रिपरिषद् गठन गर्न राष्ट्रिय परिषद नियुक्त गर्न राष्ट्रपति सहमत भएको जानकारी दिनुभएको छ । यो पनि समाचार पढ्नु होला – इटालीमा प्रदर्शनकारीले श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाए
सर्वदलीय सरकार गठनको बारेमा छलफल गर्न आह्वान गरेका बैठकमा असन्तुष्ट पक्षले प्रधानमन्त्रीको उपस्थितिमा सहभागी हुन अस्वीकार गर्नुभएको थियो । यसअघि, प्रधानमन्त्री बाहेक सबै मन्त्रीले राजीनामा दिनुभएको थियो भने राष्ट्रपतिले पुनः मन्त्रीहरू नियुक्त गरेका थिए ।
श्रींलकामा आर्थिक संकट गहिरिँदै गएपछि राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनहरू चर्किदै गएको छ । स्वतन्त्रता भएयताकै सबैभन्दा चरम आर्थिक संकटको सामना गरिरहेको छ ।


