१० आश्विन २०८३, शनिबार

बाकेमा काङ्ग्रेसको घरदैलो अभियान जारी

एसीपी संवाददाता

१८ बैशाख २०७९, आईतवार १४:४८ मा प्रकाशित

नेपालगञ्ज । नेपाली कांग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले घरदैलो कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । टोल टोलमा पुगेर मतदातालाई भेट्ने क्रममा आज साँझ नेपालगञ्ज १३ र १४ का विभिन्न बस्तीमा पुग्नुभएका विष्ट स्थानीयको समर्थनले आफू उत्साहित भएको बताउनुहुन्छ ।

वडा नम्बर १३ का वडा अध्यक्ष पदका उम्मेदवार सन्दिपजंग शाह र वडा नम्बर १४ का वडा अध्यक्ष पदका उम्मेदवार कृष्णमाधव कुर्मीसहित सम्बन्धित वडामा घरदैलो गर्नुभएका विष्टले स्थानीयका समस्या सुन्दै आफू प्रमुखमा निर्वाचित भए समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । विष्टको उम्मेदवारीले आफूहरु आशाबादी बनेको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् ।      यसैगरी नेपाली कांग्रेसबाट बैजनाथ गाँउपालिकाका अध्यक्षका उम्मेदवार प्रकाश बहादुर शाहीले पालिका अध्यक्षमा बिजयी भए सवैभन्दा पहिलो काम सुकुम्बासी समस्या समाधान गरी लालपूर्जा वितरण गर्ने बताउनुभएको छ ।

बैजनाथ ७ पेरारीमा आइतबार घरदैलो अभियानका क्रममा अध्यक्षका उम्मेदवार शाहीले प्रधानमन्त्री शेर बहादुर देउवाले भूमी आयोग गठन गरी जिल्लामा सुकुम्बासीलाई लालपूर्जा वितरण गर्न निर्देशन गरेपनि बैजनाथका सुकुम्बासीलाई लालपूर्जा पाउनबाट एमालेले बञ्चित गरेको बताउनुभयो ।

शाहीले भन्नभयो, ‘बैजनाथमा अहिले एमालेले पालिका जितेको छ । हामीले पटक पटक पालिका अध्यक्ष मान बहादुर रुचालललाई चाँडो भन्दा चाँडो पालिकामा भएका सुकुम्बासीको लगत संकलन गरी भूमी आयोगलाई बुझाउन आग्रह गर्यौं तर उहाँले काम गर्नुभएन । ‘

रुचालले प्रधानमन्त्री देउवाको पालामा सुकुम्बासीले लालपूर्जा पाएमा स्थानीय सरकार कांग्रेसले जित्छ भन्ने भयका कारण पालिकाका सुकम्बासीलाई जग्गा पाउनबाट बञ्चित गरेको दावी गर्नुभयो ।

कांग्रेसले जित्छ भनेर पालिका अध्यक्ष रुचालले पूर्वाग्रही तवरले लालपूर्जा वितरणमा ढिलासुस्ती गरी सुकुम्बासी तथा भूमीहिनलाई लालपूर्जा पाउनबाट बञ्चित गरेको उपाध्यक्षकी उम्मेदवार निर्मला रोकायले बताउनुभयो ।

यसैबीच नेपाली कांग्रेस बैजनाथ गाउँपालिकाकी उपाध्यक्षकी उम्मेदवार निर्मला रोकायले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको बताउनुभएको छ ।

आइतवार बैजनाथ ७ पेरारीमा गरिएको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै रोकायले पालिकाका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउने बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x