१४ मंसिर २०८३, आईतवार

मेयर पदका लोकप्रिय उम्मेदवार प्रशान्त विष्टले इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड इदको शुभकामना दिनु ईदगाहमा

एसीपी संवाददाता

२० बैशाख २०७९, मंगलवार ०२:५९ मा प्रकाशित

नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड इदको शुभकामना दिनुभएको छ । आज विहानै इदगाहमा पुग्नुभएका विष्टले मुस्लिम समुदायको महत्वपूर्ण चाड इदको शुभकामना दिँदै सबै धर्म समुदायका चाड पर्वहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालगन्ज धार्मिक सद्भावको नमुना सहर भएकाले सबै समुदायले सबै धर्म संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार विष्टले एकआपसमा अंकमाल गर्दै इदको शुभकामना दिनुभएको हो । त्यसक्रममा मुस्लिम समुदायले आसन्न स्थानीय तहको निर्वाचनमा विजयीको शुभकामना दिएका थिए ।  यसैबिच कोहलपुरमा पनि नेपाली काङ्ग्रेसका युवा र लोकप्रिय उम्मेदवार  नेपाली काँग्रेसबाट कोहलपुर नगर प्रमुख पदका उम्मेदवार पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरलाई विकासको मूलधारमा ल्याउनका लागि कोहलपुरका जनताले एक पटक विवेक प्रयोग गर्नुपर्ने बताउनुभएको छ । आचार्यले जनताले अनुभूति गर्ने गरी विकासको आधार तय गर्नका लागि कोहलपुरका जनताले एक पटक आफ्नो विवेक प्रयोग गरी नेपाली काँग्रेसका उम्मेदवारहरुलाई बिजय गराउन आग्रह गर्नुभयो ।

स्थानीय तहको निर्वाचन प्रचारप्रसार अभियानका क्रममा कोहलपुर नगरपालिका वडा नम्बर २ मा सम्पन्न भएको कोणसभामा बोल्दै नगर प्रमुख पदका उम्मेदवार आचार्यले काँग्रेसले कोहलपुरको विकास र समुन्नतिका लागि सबैसँग सहकार्य गरी जनताको आधारभूत समस्यासँग प्रत्यक्ष सरोकार राख्ने पक्षलाई ध्यान दिएर योजना निर्माण गरी कार्यन्वयन गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । साथै उहाँले कोहलपुर नगरपालिका वडा नम्बर २ का जनतालाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीसँग जोड्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसको तर्फबाट नगर उपप्रमुख पदका उम्मेदवार संगिता सुवेदीले कोहलपुर नगर भित्रका महिलाहरुलाई विभिन्न सिपमूलक तालिम प्रदान गरी आर्थिकरुपमा सक्षम बनाउनका लागि विशेष योजनाका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभयो । साथै उहाँले कोहलपुर नगरपालिका वडा नम्बर २ का जनताले भोग्दै आएका समस्याहरु समाधान गर्ने काँग्रेसको मूल ध्येय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता भानुभक्त भट्टराईले कोहलपुरमा नेकपा एमाले नेतृत्वको स्थानीय सरकारले पाँच वर्ष भ्रष्टचार, अनियमितता र जनताको भावना विपरित कार्य गरेको बताउँदै नेपाली काँग्रेसलाई एक पटक कोहलपुरको संस्थागत विकासका लागि भोट दिन आग्रह गर्नुभयो ।

काँग्रेस बाँकेका जिल्ला सदस्य राजेन्द्र श्रेष्ठले कोहलपुरलाई व्यवस्थित सहरका रुपमा विकास गर्न काँग्रेस स्पष्ट दृष्टिकोण सहित जनताको काममा लाग्ने प्रतिवद्धता जनाउँँदै कोहलपुरका जनताले एक पटक काँग्रेसलाई भोट दिनुपर्ने बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x