१४ मंसिर २०८३, आईतवार

कांग्रेसप्रति बढ्यो कलाकारहरुको आकर्षण, देउवाले भित्र्याए भेट्रान एक्टर भुवन केसी र श्वेता खड्का

एसीपी संवाददाता

२० बैशाख २०७९, मंगलवार १६:३६ मा प्रकाशित

काठमाडौं । नेपाली फिल्म उद्योगका चर्चित कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच केसी र खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् ।

कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि उनीहरुसँगै कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई अभिनेता नीर शाहले कांग्रेस प्रवेश गराउन सहयोग गरेका थिए ।

९ वर्षअघि एमालेमा प्रवेश गरेका थिए केसी यो बीचमा थुप्रै पार्टीमा जाने हल्ला चले पनि अन्तत कांग्रेस प्रवेश गरेका हुन् ।

‘सबै पार्टीबाट आउन आग्रह थियो,’ केसीले भने, ‘तर सबै कुरा विचार गर्दा लोकतान्त्रिक चरित्रलाई आत्मसात् गर्ने पुरानो पार्टी भएको नाताले कांग्रेस ठीक लाग्यो ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x