१४ मंसिर २०८३, आईतवार

जानकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले मतदाता भेटघाटलाई तीब्रता

एसीपी संवाददाता

२२ बैशाख २०७९, बिहीबार ०२:०२ मा प्रकाशित

जानकी (बाँके), बैशाख २२ । स्थानीय निर्वाचन आउन अब ९ दिन मात्र बाँकी रहँदा जानकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले मतदाता भेटघाटलाई तीब्रता दिएका छन् । निर्वाचनको प्रचारप्रसारका क्रममा जानकी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ, उपाध्यक्ष पदकी उम्मेदवार रामप्यारी यादव लगायतका उम्मेदवारले आज दिनभर पालिकाको वडा नम्बर १ का जनतासँग भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा उम्मेदवारहरुले जानकीको समग्र विकासका लागि नेपाली कांग्रेसलाई जिताउन जानकीवासीलाई अनुरोध गरेका छन् । वडा नम्बर १ मा रहेका प्रत्येक घर–घरमा पुगेका उमेदवारलाई जानकीवासीले जितको शुभकामना दिँदै आशिर्वाद समेत दिएका छन् । भेटघाटका क्रममा उम्मेदवारहरुले रुखमा भोट हालेर यो पटक बहुमतले कांग्रेसलाई जिताउने आग्रह गरेका छन् ।

जानकीको वडा नम्बर १ भारतीय सीमासँग जोडिएको ठाउँ हो । जहाँ विकासको गति अझै पनि न्यून देखिन्छ । यहाँका गाउँहरुमा स्तरीय सडक निर्माण गर्न अति आवश्यक रहेको अध्यक्ष पदका उम्मेदवार खाँले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x