अफगानिस्तानमा जारी संकटका कारण कारखाना सञ्चालन र उत्पादनमा गम्भीर असर
काबुल । अफगानिस्तानमा तालिबान शासन पछि सिर्जना भएको आर्थिक संकटका कारण कारखाना सञ्चालन र वस्तुको उत्पादनमा गम्भीर असर परेको छ। मुलुकमा बढ्दो तीव्र आर्थिक संकटले देशका कारखानाहरूलाई धेरै असर गरेको छ भने कारखाना मालिकहरू चिन्तित बनेको टोलो न्युजले जनाएको छ।
पाँच हजार सक्रिय कारखानामध्ये करिब दुई हजार कारखानाहरु बन्द हुने स्थितिमा छन्। कच्चा पदार्थको अभाव र बैंकिङ समस्याले कर्मचारीलाई तलब दिन नसकेका कारण कारखानाधनीहरुले आफ्नो काम ठप्प भएको बताएका छन्।
अफगानिस्तान चेम्बर अफ इन्डस्ट्री एन्ड माइन्सले भाडामा लिएको जग्गामा कतिपय कारखाना निर्माण गर्दा गम्भीर आर्थिक चुनौतिको सामना गर्नु परेको टोलो समाचारले जनाएको छ।
आफ्नो मसला उत्पादन गर्ने कारखानामा २० लाख रुपैयाँ लगानी गरेकी महिला कारखाना मालिक बनफ्सा अहमदीले माग नाटकीय रूपमा घटेपछि बन्द गर्न बाध्य भएकी थिइन्। उनले भनिन्, ‘परिवर्तनले जनताको अर्थतन्त्रमा कमी आएको छ। हामीले हाम्रा कर्मचारीको तलब तिर्न सकेका छैनौँ। बजार नहुँदा यस्तो भएको हो।’
एसीआईएम प्रतिनिधि मोहम्मद करीमले देशको उन्नतिको लागि दीर्घकालीन आर्थिक परियोजनाहरू सहज बनाउन अर्थ मन्त्रालयलाई अपील गरेको टोलो समाचारले रिपोर्ट गरेको छ।
‘महिलाहरूले आफ्नो व्यापारिक गतिविधि सुरु गरेका छन्। हामी आशा गर्छौं कि सरकारले उनीहरूलाई समर्थन गर्नेछ र देशमा आर्थिक विकासको लागि आधार तयार गर्नेछ,’ करिमले भनिन्।


