१४ मंसिर २०८३, आईतवार

चुनावका बेला ६ दिन सम्म कामकाज ठप्प हुने

एसीपी संवाददाता

२६ बैशाख २०७९, सोमबार ०१:१२ मा प्रकाशित

काठमाडौं।  स्थानीय तहको चुनावमा मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन र त्यसलगत्तै तीन दिन सार्वजनिक बिदा परेकाले ६ दिन बन्द हुने भएका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन आग्रह गरेको छ।

सो अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएसँगै विद्यालयमा पठनपाठन नहुने भएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x