एमालेका ‘ध्रुवे हात्ति’ले पदमा हुँदा मूर्ती काण्ड घटाएर कुम्ल्याए ठूलो रकम, यस्तो रहेछ नालीबेली
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेकपा एमालेका उम्मेदवार ध्रुवराज राई माथि मूर्ती खरिद प्रक्ररणमा अनियमितता गरेको आरोप लागेको छ। पालिकाको अध्यक्ष हुँदा सुम्नीमा, पारुहाङ र यलम्बरको मुर्तीमा खरिद गरेर राईले घोटला गरेको आरोप लागेको हो।
जिल्लाको राजनीतिमा उनलाई ‘ध्रुवे हात्ति’ उपनामले चिन्ने गरिन्छ। पालिका अध्यक्ष हुँदा एक रुपैयाँ हिनामिना नगरेको दाबी गर्दै हिँडेका उनले मूर्ती खरिदमा भने जनताको आँखामा छारो हालेर लाखौं रकम कुम्ल्याएको चर्चा अहिले भोजपुरमा चलिरहेको छ।
नेकपा एमालेबाट पुनः गाउँपालिकाको अध्यक्ष उठेका उनले इमान्दारिताको ढोङ पिटेर गोजी भरेको आरोप गाउँपालिकाबासी र स्थानीय नेताहरुले लगाइरहेका छन्। रुखो बोल्ने राईले भने मूर्ती खरिद प्रक्ररणको आरोप लागिरहँदा सार्वजनिक अभिव्यक्ति दिएका छैनन्।
तीन वटा मूर्ती खरिद गर्दा गाउँपालिकाबाट दुई पटकमा गरि ५० लाख भुक्तानी भएको देखिएको छ। तर, मूर्तीको गुणस्तर हेर्ने हो भने ५० लाख मूल्य नपर्ने बताइएको छ। राईले मूर्ती कतिमा खरिद गरे र कति कमिसन खाए भन्ने खुल्न सकेको छैन। तर, राखिएका मूर्ती र गाउँपालिकाबाट भुक्तानी गरिएको रकम हेरेर उनको आलोचना भइरहेको छ। खासगरी चखेवा भञ्ज्याङमा राख्नका लागि खरिद गरिएका मूर्ती अहिले हाँस पोखरीमा राखिएको छ। जनतालाई गुमराहामा राखेर गाउँपालिकाबाट लाखौं भुक्तानी गरेर कमाउ धन्दा चलाएको आरोप स्थानीयको छ।
ध्रुवे हात्ति नियन्त्रण गरौंः राम सिंह राई
यसै क्रममा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य रामसिंह राईले टेम्के मैयुङको विकास र समृद्धिका लागि धुर्वे हात्तिलाई नियन्त्रण गर्नु बताएका छन्।
आइतबार टेम्केमैयुङ गाउँपालिका–२ मा भएको कार्यकर्ता भोटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै राईले टेम्केमैयुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष राईलाई तराईमा बदमासी गर्ने ध्रुवे हात्तिको संज्ञा दिँदै उनले ध्रुवे हात्तिलाई नियन्त्रणमा लिन आवश्यक भएको बताएका हुन्। उनले ध्रुवे हात्तिलाई नियन्त्रणमा लिएर इमानदार र जनताले रुचाएका गठबन्धनका उमेद्वारलाई मतदान गरी विजयी गराउन आग्रह समेत गरे।
‘उनलेसुम्नीमा, पारुहाङ र यलम्बरको मुर्ती खरिदमा घोटला गरे। उनलाई पालिकाको विकास र समृद्धिमा भन्दा पनि घोटला गर्ने तर्फ उन्मुख भएकाले वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनका उमेद्वारलाई मतदान गरी विजयी गराउन आवश्यक छ,’ उनले भने, ‘हाम्रो पालिकामा भएको विद्युतीकरणमा पनि ठुलो घोटला भएको छ। पोल खरिद गर्दा ठूलै घोटला भएको छ। आम टेम्केमैयुङ बासीलाई विद्युत प्राधिकरणमा पोल खरिदको विल हेर्न आग्रह गर्दछु।’
उनले गाउँपालिकामा ग्यालोनाइज नगरेको पोल गाडेको र सवै जनताले वोकेर आफै धुवानी गरेर, होल खनेर गाडेको बताए। शिक्षामा समेत सवै आफ्ना मान्छेलाई जागिर लगाएको उनको आरोप छ। टेम्के मैयुङ गाउँपालिकामा एमालेबाट राई र सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका सरोज बस्नेत चुनावी मैदानमा छन्। मिडियाडबलि


