१४ मंसिर २०८३, आईतवार

श्रीलंकामा सरकारका विरुद्धमा जारी आन्दोलन थप हिंसात्मक बन्दै

एसीपी संवाददाता

२७ बैशाख २०७९, मंगलवार १६:५४ मा प्रकाशित

श्रीलंकामा केही समययता सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ। यहाँको आर्थिक संकटका कारण मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजपाक्षेले सोमबार मात्र पदबाट राजीनामा दिएका छन्।

उनको राजीनामा राष्ट्रपति गोटबाया राजपाक्षेले स्वीकृत गरेका छन्। राजीनामा सोमबार मध्यराति नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ। सरकारका विरुद्धमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकामा देशव्यापी रूपमा कर्फ्यु घोषणा गरिएको छ।

यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यु आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलंकाली सरकारले जनाएको छ। सोमबार मात्र बिहान प्रदर्शनकारीहरूले यहाँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूमध्ये धेरैले प्रधानमन्त्री राजपाक्षेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ। एजेन्सी न्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x