१४ मंसिर २०८३, आईतवार

शेख हसिना भन्छिन्– ‘भारतलाई चटगाउँ बन्दरगाह प्रयोग गर्न दिन बंगलादेश सकारात्मक छ’

एसीपी संवाददाता

२८ बैशाख २०७९, बुधबार २१:४९ मा प्रकाशित

काठमाडौं– भारतको पूर्वोत्तर राज्यहरूमा पारवहन पहुँचका लागि बंगलादेशले भारतलाई चटगाउँ बन्दरगाह प्रयोग गर्न दिन सकारात्मक रहेको जनाएको छ ।

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले भारतलाई चटगाउँ बन्दरगाह प्रयोग गर्न दिन बंगलादेश सकारात्मक रहेको बताएको बंगलादेशबाट प्रकाशित हुने ढाका ट्रिब्युन अखबारले जनाएको छ ।

‘यदि पारवहन पहुँचमा वृद्धि भयो भने पूर्वोत्तर भारतका आसाम र त्रिपुराजस्ता राज्यले चटगाउँको बन्दरगाहको प्रयोग गर्न सक्छन् ।’ प्रधानमन्त्री हसिनालाई उद्धृत गर्दै ढाका ट्रिब्युनले जनाएको छ ।

पूर्वोत्तर भारतीय राज्यहरुबाट छोटो दूरीमा रहेकाले चटगाउँ बन्दरगाहको प्रयोगबाट पूर्वोत्तर भारतमा आर्थिक विकासको ठूलो सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरु बताउँछन् ।

यसअघि सन् २०१० मा भारत र बंगलादेशले चटगाउँ र मोङ्गला बन्दरगाह प्रयोगबारे एमओयूमा हस्ताक्षार गरेका थिए । पछि सन् २०१८ मा बंगलादेश सरकारले भारतलाई मालसामानको आपूर्तिका लागि ती बन्दरगाहको प्रयोग गर्न दिन सहमति जनाएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x