१४ मंसिर २०८३, आईतवार

स्थानीयले लुटेको मतपेटिका सुरक्षाकर्मीले ल्याए फिर्ता

एसीपी संवाददाता

३० बैशाख २०७९, शुक्रबार २३:३१ मा प्रकाशित

रौतहटः रौतहटको यमुनामाई गाउँपालिकामा लुटपाट भएको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएका छन् ।

यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलमा फितलो सुरक्षा व्यवस्थाका कारण सुरक्षाकर्मीबीचबाटै स्थानीयले लुटेर लगेका थिए । तर, हाल सुरक्षाकर्मीले नै पानी हालेको अवस्थामा उक्त मतपेटिका फिर्ता ल्याएका छन् ।

बिहान उत्साहपूर्वक त्यस मतदानकेन्द्रमा मतदाताहरु लाइन बसेर मतदान गरेका थिए । तर, दिउँसो सामान्य विवाद हुँदै  जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप हुन पुग्यो । त्यसैबीच मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरे ।

केही स्थानीयले मतपेटिका काँधमा राखेर भागे पनि सुरक्षाकर्मीले रोक्न सकेनन् । सुरक्षाकर्मीले कुनै पनि झडप रोक्न नसकेको र मूकदर्शक बनेको स्थानीयको आरोप छ ।

साथै सो मतदान केन्द्रबाट मटपेटिका लुटपाट गरेर एक समूह दौडिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी प्रधान कार्यालयले रौतहटका एसपी विनोद घिमिरेलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x