१४ मंसिर २०८३, आईतवार
गुल्मीको गुल्मीदरवारमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस विजयी
गुल्मी । गुल्मीको गुल्मीदरवार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा सरोज थापा ६ हजार १६६ मतसहित र उपाध्यक्षमा तारा थापा ६ हजार १८८ मतसहित निर्वाचित भएका छन् ।
दुबै कांग्रेस उम्मेदवार हुन् । अध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण भुसालले ५ हजार ६०२ र उपाध्यक्षमा एमालेकै सुशीला पुनले ५ हजार ५८९ मत मात्र पाए ।
७ वटा वडामध्ये ४ वटा वडामा कांग्रेस र बाँकी ३ वडामा एमाले विजयी भएको छ ।
Subscribe
Login
0 Comments


