१२ कार्तिक २०८३, बुधबार

चिनियाँ दूतावासको दादागिरी , अपराधमा सलग्नलाई छोडन दबाव दिदै

एसीपी संवाददाता

३ जेष्ठ २०७९, मंगलवार ०२:२९ मा प्रकाशित

काठमाडौं । नेपालस्थित चिनियाँ राजदूतावासले साइबर अपराधमा संलग्न चिनियाँ नागरिकलाई रिहा गर्न दबाब दिएको छ ।   यो पनि समाचार पढ्नु होला –    चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन

नेपाल प्रहरीले शनिबार काठमाडौंका विभिन्न स्थानमा अवैध रुपमा लुकेर बसेका २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरु भिजिट भिसामा आएर आवरणमा व्यापार गर्ने र लुकेर ह्याकिङदेखि अनलाइन गेमिङदेखि नेपालमा प्रतिबन्ध साइबर अपराध गर्दै आएका थिए । त्यस्तै केहीको भिसा सकिएर लुकेर बस्दै साइबर अपराधमा संलग्न रहेको पाइएको छ ।  यो पनि समाचार पढ्नु होला –   काठमाडाैंमै बसेर नेपालका नेता नेपाली जनतालाई झुठो बनाउदै चिनियाँ राजदूत होउ यान्छी

हिरासतमा राखेर उनीहरुमाथि थप अनुसन्धान भइरहेका बेला बालुवाटारस्थित चिनियाँ राजदूतावासले आफूलाई बुझाउन प्रहरी प्रशासनलाई दबाब दिएको प्रहरीका एक उच्च अधिकारीले बताए । अवैध ह्याकिङ र गेमिङ गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई चिनियाँ दूतावासले भने भिसा सकिएको र ओभर स्टेको कुरा गरेर जरिवानासहित छोड्न दबाब दिइरहेको स्रोतले जनाएको छ ।  यो पनि समाचार पढ्नु होला –     कोरोना महामारीयता नेपाल-चीन व्यापारिक नाकाबन्द

पक्राउ परेका २२ जना चिनियाँबाट ३० भन्दा बढी ल्यापटप, मोबाइल फोन प्रहरीले बरामद गरेको छ । हाइटेक प्रविधिबाट अपराध गर्ने उनीहरुको पुरानै धन्दा हो । यसअघि पनि एटिएम ह्याक गरेर करोडौं नेपाली रुपैयाँ लुट्न खोजेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । प्रविधिको दुरुपयोग गरी चिनियाँहरुले नेपाललाई अपराधको सेल्टर बनाएका बेला चिनियाँ दूतावासले भने पटक पटक जघन्य अपराधमा संलग्न चिनियाँ नागरिकलाई छुटाउँदै लग्दै गरेको छ ।

यसपालि पनि छुटाउन दबाब दिएको सुरक्षा अधिकारी बताउँछन् । पक्राउ परेका चिनियाँहरुलाई दरबारमार्ग, नयाँ बानेश्वर, महाराजगञ्जऔर टेकुमा राखिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । पक्राउ परेकामध्ये १० जना महिला छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x