१४ मंसिर २०८३, आईतवार

राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तप्त पौडेल ८२० मतान्तरले निर्वाचित

एसीपी संवाददाता

३ जेष्ठ २०७९, मंगलवार ०३:२७ मा प्रकाशित

बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल ८२० मतान्तरले निर्वाचित भएका छन् । पौडेलसँगै उपाध्यक्षमा कांग्रेसकै मनिषा सिंह थारु पनि निर्वाचित भएकी छिन् ।

नवनिर्वाचित अध्यक्ष पौडेलले उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका पटटु थारुलाई पराजित गर्दै  गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्  ।

गाउँपालिकाको अध्यक्षका लागि  कुल खसेको मत ३२९६६ मा पौडेलले १०११२ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्द्वी माओवादीका थारुले ९२९२ मत प्राप्त गरे भने नेकपा एमालेका रामदास थारुले ९१४० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा थारुले नेकपा एमालेकी चमेली वागवानलाई ७८६ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । नवनिर्वाचित थारुले १०१३४ मत र उनकी निकटम प्रतिद्वन्द्वी वागवानले ९३४१ मत प्राप्त गरिन् । त्यस्तै नेकपा माओवादीकी मन्जु रोकायले ८७९३ मत ल्याएकी हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x