१४ मंसिर २०८३, आईतवार
कोहलपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका पुर्ण आचार्यले अग्रता
नेपालगन्ज । कोहलपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका पुर्ण आचार्यले अग्रता कायमै राखेका छन् । आचार्य ४९२ मतान्तरका साथ अग्रता कायम गरिरहेका छन् ।
हालसम्म कोहलपुर वडा नम्बर १, २, ३, ४, १३, १४ र १५ मा २०१४८ मतगणना हुँदासम्म कांग्रेसका आचार्य ६०४७ मतका साथ अग्रपंक्तिमा छन् । नेकपा एमालेका खिल प्रसाद भुसाल ५५५५ मतका साथ दोस्रो स्थानमा छन् । माओवादीका नरेन्द्र न्यौपाने ४९०० मत ल्याएर भुसाललाई पछ्याउँदै छन् ।
त्यस्तै उपप्रमुखमा कांग्रेसकी संगिता सुवेदीले ६२७७ मत ल्याउँदै अग्रस्थानमा छिन् भने नेकपा एमालेकी अस्मिता चौधरीले ४९४६ मत प्राप्त गरेकी छिन् । मतगणना अहिले पनि जारी छ ।
Subscribe
Login
0 Comments


