२ आश्विन २०८३, शुक्रबार

मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ

एसीपी संवाददाता

६ जेष्ठ २०७९, शुक्रबार ०२:४० मा प्रकाशित

भैरहवा: प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भगवान गौतमबुद्धको जन्मस्थललाई विश्वभर थप परिचित तुल्याउन मद्दत पुगेको बताएका छन् ।

२५६६औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको विगतको मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर लगायतका भ्रमणले दुवै देशका जनता बीचको साँस्कृतिक समबन्ध थप बलियो भएको बताए ।

मोदीको भ्रमणले दुई देशबीच ऐतिहासिक कालदेखिनै सामाजिक धार्मिक, साँस्कृतिक र परम्परागत सम्बन्धलाई थप प्रगाढ बनाएको उनले बताए ।

गौतमबुद्धको दर्शनले दुवै देशका नागरिकलाई प्रभावित पारेको बताउँदै प्रधानमन्त्री देउवाले संस्कृतिक सम्बन्ध पनि थप बलियो बनेको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x