१४ मंसिर २०८३, आईतवार
भरतपुरमा रेनु दाहाल ३२६४ मतले अगाडि
काठमाडौं। भरतपुर महानगरपालिकामा ४५ हजार ७६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाले ३२ सय ६४ मतले अग्रतामा रहेकी छन् ।
मतगणना जारी रहदा रेनुले १७ हजार २९० मत ल्याएकी छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले १४ हजार २६ मत ल्याएका छन्।
नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेका जगन्नाथ पौडेलले पनि अहिलेसम्म ७ हजार ४० मत ल्याएका छन्।
उपमेयरतर्फ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले फराकिलो अग्रता बनाएका छन्। उनले १८ हजार ८४८ मत ल्याउँदा एमाले(राप्रपा गठबन्धनकी हिमला गुरुङले ११ हजार २१९ मत मात्रै ल्याएकी छन्।
Subscribe
Login
0 Comments


