कोहलपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका पुर्ण आचार्यको अग्रता
नेपालगन्ज । कोहलपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका पुर्ण आचार्यले अग्रता कायम गरिरहेका छन् । हालसम्म १० वटा वडाको मतगणना गर्दासम्म कांग्रेसका आचार्यले नेकपा एमालेका खिल प्रसाद भुसाललाई ५४९ मतले पछि पार्दै जितको संघारमा पुगेका छन् ।
अहिले वडा नम्बर ६ मा ७५० मतगणना हुँदासम्म आचार्यले १०१०१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका भुसालले ९५५२ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा कांग्रेसकी संगीता सुवेदीले पनि अग्रता कायम गरिरहेकी छिन् । उनी नेकपा एमालेकी अस्मिता कुमारी थारु भन्दा २१७ मतले अगाडि छिन् । सुवेदीले हालसम्म १०५९५ मत र थारुले १०३४२ मत प्राप्त गरेकी छिन् ।
किन रुचाए आचार्यलाई मतदाताले ?
अहिलेसम्म मतगणनाको आधार हेर्दा कांग्रेसका आचार्यले जित्ने निश्चित बनिसकेको छ । लुम्बिनी प्रदेशभित्र पर्ने नगरपालिका मध्येकै सबैभन्दा नगर प्रमुखका कान्छा उम्मेदवार आचार्यको सहयोगी मन, मिलनसार छविका कारण कोहलपुरका मतदाताहरुले उनलाई रुचाएका छन् ।
द्वन्दपीडित र एक संघर्षशील नेता समेत रहेका आचार्य संकटमा समेत सक्रिय बनेका कारण पनि सबैको प्रिय बन्दै मतदाताको अपार मत प्राप्त गरिरहेका छन् । कोरोना महामारीको बेला “हुने खानेले हुँदा खानेलाई सहयोग गरौ” भन्ने अभियान संचालन गरी कोहलपुर नगरपालिका भित्रका अति बिपन्न र भोकमरीमा परेका १ हजार बढी परिवारलाई खाद्यान्नको जोहो गरेका कारण पनि गरिवदु:खीहरुको समेत माया पाएका छन् । यति मात्रै होइन, कोरोना सन्त्रासका कारण धेरै नेताहरु घरभित्र सीमित रहेको बेला आचार्यको सक्रियता लोभलाग्दो रहेको कोहलपुरका स्थानीयहरुको रोजाईमा परेका छन् ।
नेता आचार्यले कोरोना महामारीकै समयमा कोहलपुर नगरपालिकाभित्र संचालित क्वारेन्टाइनमा आफ्नै ब्यक्तिगत लगानीमा हरियो तरकारी बितरण गर्दै कोरोना संक्रमितहरुका लागि स्वास्थ्य सामाग्री बितरणमा पनि महत्त्वपूर्ण भूमिका खेलिसकेका छन् । संकटका बेला गरेको सहयोगकै कारण नेता आचार्य सबैका प्रिय पात्र झै बनेका छन् ।
सबैका प्रिय बनेका आचार्यले द्वन्दकालमा हत्या गरिएका नेबिसंघका नेता चोकबहादुर खत्रीको नाममा कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १ लाख ५० हजार रुपैयाँको छात्रवृत्ति कोष र राम माध्यमिक विद्यालय कोहलपुर १४ मा शहिद जागेश्वर थारुको नाममा १ लाख रुपैयाँको छात्रवृत्ति कोषको स्थापना गरेर सामाजिक कार्यमा एक अब्ब्ल नेताका रुममा आफूलाई सहयोगी नेताका रुपमा समेत स्थापित गरिसकेका कारण र उनको इमान्दारिताका कारण आचार्यलाई कोहलपुरका स्थानीय मतदाताहरुले दिएको मतका आधारमा नगर प्रमुख पदमा देख्न आतुर भएको प्रष्ट देखिन्छ । यिनै कारणले उनले मतगणनाको अन्तिमसम्ममा प्रतिद्वन्दीलाई भारी मतान्तरले पराजित गर्ने देखिएको छ ।


