१४ मंसिर २०८३, आईतवार

बाँकेका नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस बाँके सचिव सन्जुको बधाई

एसीपी संवाददाता

९ जेष्ठ २०७९, सोमबार ००:१९ मा प्रकाशित

नेपाली कांग्रेसका बाँकेकी सचिव एवम् कोहलपुरकी निवर्तमान उपप्रमुख सन्जु कुमारी चौधरीले बाँकेभरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छिन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका बाँकेभरका सबै जनप्रतिनिधिहरुलाई चौधरीले बधाई दिँदै शुभकामना व्यक्त गरेकी हुन् ।

उनले जनआकांक्षा अनुरुप काम गर्दै आफ्नो र पार्टीको छवि माथि उठाउन नवनिर्वाचित जनप्रतिनिधहरुले हरसम्भव पर्यत्न गर्ने विश्वास व्यक्त गरेकी छिन् । सत्तारुढ दलहरुबीच भएको चुनावी गठबन्धनबाट विजयी अन्य दलका जनप्रतिधिहरुलाई पनि बधाई एवम् शुभकामना दिँदै उनले गठबन्धनको मर्म अनुरुप काम गर्दै विकास, समृद्धि र सुशासन कायम गर्न अबको पाँच बर्ष कोशेढुंगा सावित हुने विश्वास समेत व्यक्त गरेकी छिन्  । साथै चौधरीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पार्टी पंक्ति र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कार्य गर्न आग्रह गरेकी छिन् ।

जिल्ला सचिव चौधरीले जनताको आशा र भरोसालाई टुट्न नदिई जनमैत्री व्यवहार प्रदर्शन गर्दै जनसेवकका रुपमा इमान्दारपूर्वक काम गर्न आग्रह गरेकी छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x