१४ मंसिर २०८३, आईतवार

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

एसीपी संवाददाता

१२ जेष्ठ २०७९, बिहीबार ००:१८ मा प्रकाशित

बर्दिया । बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका २ कोठिया गाउँकी कौशिका पाललाई जेठ १० गते (मंगलबार) बाख्रा चराउन जंगल गएको बेलामा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रविण विडारीका अनुसार कौशिकालाई खाता जैविक मार्गमा पर्ने जनजागृति सामूदायिक वनमा बाघले आक्रमण गरेको थियो । खाता रेन्ज पोष्टदेखि करिब २ सय मिटर उत्तरमा बाघले आक्रमण गरेको हो ।

बाघको बासस्थान रहेको उक्त सामूदायिक वनमा कौशिकाको शव फेला परेको डिभिजन वन कार्यालय बर्दियाले जानकारी दिएकोछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x