१४ मंसिर २०८३, आईतवार

डुडुवा अध्यक्षले गरे कार्यभार, आर्थिक भार थेग्न नसकेपछि करार कर्मचारीहरुको कटौती

एसीपी संवाददाता

१४ जेष्ठ २०७९, शनिबार ००:२९ मा प्रकाशित

बाँके । बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक भार घटाउन खर्चको कटौती गर्न शुरु गरेको छ । गाउँपालिकाको आन्तरिक स्रोतले भार थेग्न नसकेपछि करार कर्मचारीहरुको कटौती गर्न शुरु गरेको हो ।

प्रशासनिक खर्चमा मितव्यीता कायम गर्न आर्थिक खर्चमा कटौती गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले जानकारी दिए । उनका अनुसार करार कर्मचारीहरु मध्ये कार्य सम्पादन क्षमता कमजोर भएका कर्मचारीहरुको सम्झौता अन्त्य गर्ने नितिगत निणर्य भएको छ ।

कार्यभार सम्हाल्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँपालिकाको आर्थिक भार कम गर्न खर्च कटौती गर्ने नितिगत निणर्य गरेका छन । खर्च कटौती संगै गाउँपालिकाको आन्तरिक स्रोत बृद्धिका लागि आवश्यक पहल गर्ने भन्दै अध्यक्ष चौधरीले गाउँपालिकाका सम्पुणर् नागरिकहरुलाई धन्यवाद ज्ञापन गर्दै जनताको सेवामा सधै खटने प्रतिबद्धता व्यक्त गरे ।

दोस्रो कार्यकालका लागि पुनः निर्वाचित अध्यक्ष चौधरीले गाउँपालिकाले सेवाको गुणस्तरियता, तथा प्रभावकारी सेवा प्रवाहमा कुनैपनि कन्जुस्याई नगर्ने स्पष्ट पारेका छन ।

गाउँपालिकामा आयोजित एक समारोहका बीच डुडुवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष शाहिदा बानोले बुधबार देखि कार्यभार सम्हालेका हुन । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, लेखा अधिकृत रामबहादुर केसी, प्राविधिक प्रमुख लगायतका कर्मचारीहरुले अध्यक्ष र उपाध्यक्षलाई फुलमाला र खादाले स्वागत गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x