१४ मंसिर २०८३, आईतवार

चुच्चे नक्सा समेटिएको किताव ओलीले छाप्न नदिएको खुलासा

एसीपी संवाददाता

१५ जेष्ठ २०७९, आईतवार ००:४६ मा प्रकाशित

काठमाडौं। सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले लिपुलेक, कालापानी र लिम्पियाधुराको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको खुलासा गरेका छन् ।

तत्कालीन शिक्षामन्त्री पोखरेलले सरकारको नीति तथा कार्यक्रमबारे संसदमा ओलीले राष्ट्रियताका कुरा गरे पनि उनले नै प्रधानमन्त्री रहेकै बेला ती पुस्तक सार्वजनिक गर्न रोक लगाएको आरोप लगाए।

शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यसैकारण ओली पनि राष्ट्रियताको सवालमा कठघरामै रहेको तर्क गरे।

उनले राष्ट्रिय र प्रजातन्त्रलाई कूटनीतिक दाउपेचको विषय नबनाउन पनि ओलीलाई सचेत गराए।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवाललाई छोडेको भन्दै नेता पोखरेलले असन्तुष्टि व्यक्त गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x