१४ मंसिर २०८३, आईतवार

बाँकेमा २१ जना कैदीबन्दी रिहा

एसीपी संवाददाता

१६ जेष्ठ २०७९, सोमबार ००:२७ मा प्रकाशित

नेपालगञ्ज । गणतन्त्र दिवसको अवसरमा बाँकेमा २१ जना कैदीबन्दी रिहा भएका छन् । ४० प्रतिशत कैद भुक्तान गरेका ७ जना र ५० प्रतिशत कैद भुक्तान गरेका १४ जना गरी २१ जना रिहा भएको जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरले जानकारी दिए ।

५० प्रतिशत कैद भुक्तान गरेर रिहा भएका मध्ये ८ जना कर्तव्य ज्यान मुद्दा तथा सवारी ज्यान मुद्दा र गौवध मुद्दाका एक एक जना रहेका छन् भने चोरी मुद्दाका ४ जना छन् । यस्तै ४० प्रतिशत कैद भुक्तान गरेर रिहा भएका मध्ये ६ जना कर्तव्य ज्यान मुद्दाका र एक जना चोरी मुद्दाका रहेको पनि सोनकरले बताए ।

जिल्ला कारागारले २५ जनाको नाम सिफारिस गरेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीबाट २१ जनालाई मात्रै रिहाको आदेश भएको हो । गणतन्त्र र संबिधान दिवसका अवसरमा राम्रो चालचलन भएका कैदीबन्दीको कैद मिनाह गर्ने चलन रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x