१४ मंसिर २०८३, आईतवार

नेपालगन्ज उपमहानगरपालिकालाई सुर्तीजन्य पदार्थ प्रयोग रहित कार्यालय बनाउने उद्घोष

एसीपी संवाददाता

१८ जेष्ठ २०७९, बुधबार ०१:०४ मा प्रकाशित

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकालाई सुर्तीजन्य पदार्थ प्रयोग रहित कार्यालय बनाउने उद्घोष गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका र बास नेपालगन्जको सहकार्यमा छपाई गरिएका विभिन्न सन्देशमूलक स्टिकर टाँस गर्दै कार्यालयलाई सुर्तीजन्य पदार्थ प्रयोग रहित बनाउने उद्घोष गरिएको हो ।

नगर प्रमुख प्रशान्त विष्ट र नगर उपप्रमुख कमरूद्दिन राईले संयुक्त रूपमा नेपालगन्ज उपमहानगरपालिकालाई सुर्तीजन्य पदार्थ प्रयोग रहित बनाउने अभियानको उद्घोष गरेका हुन् । ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ आज मनाइएको विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा यस्तो उद्घोष गरिएको हो ।

May be an image of text

सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ प्रयोग तथा सेवन गर्न कानुनले वर्जित गरेपनि नेपालगन्जमा भने त्यसको कार्यान्वयन निकै फितलो देखिएको छ । धुवाँ आउने–नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य पदार्थ हुन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम हुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x