असारमा धान रोप्दा चिनियाँ बीउ बाट सावधान
गत बर्ष चिनियाँ धानको बिऊ लगाउँदा भक्तपुरका किसानहरुले भुसमात्र भित्राएका छन् । रोपनीमा १० मुरीसम्म फलेको हल्लाका आधारमा चिनियाँ बिऊ लगाएका किसानहरु बाला लाग्दा धानमा भुसमात्र भएपछि नोक्शानीमा परेका हुन् ।
डीवाई २८ नामको धानको बिऊ लगाएर रोपनीमा १० मुरी फल्ने आशामा परेका किसान दाना नलाग्दा निराश भएका हुन् । यस्ता धान चाँगुनारायण क्षेत्रमा बढी लगाइएको छ । अहिले आसार महिना लाग्ने बेला अहिले किसानहरु चिनियाँ धान बाट सावधान हुन आवश्यक छ ।
पछिल्लो समय देशमा विदेशी बिऊले रैथाने बिऊलाई प्रतिस्थापन गर्न थालेको छ । विदेशी बिऊ एक वर्ष फल्ने र अर्को वर्ष कम फल्ने गरेको छ । रैथाने बिऊहरु हरेक वर्ष समान प्रकारले फल्ने गर्छ ।
कतिपय देशले बाह्य मुलुकबाट बिऊ आयातलाई प्रतिबन्ध लगाएका छन् । बिऊ लुकाईछिपाई लानेहरुलाई कडा जेल सजायसम्म छ । नेपालमा भने विदेशबाट जथाभावी बिऊ भित्राउने प्रवृत्ति बढेको छ । यसले रैथाने धान लोप हुने खतरा बढेको छ । खास गरि चिनियाँ बिउले नेपाली किसान डुब्न् सक्ने अवस्था रहेको छ । अहिले नेपाल सरकारले मान्यता दिएका बीउ प्रयोग गर्न किसानहरु बिज्ञहरुको सुझाव रहेको छ ।


