१४ मंसिर २०८३, आईतवार
संसदीय चुनाव कात्तिक २७ वा मंसिर ४ मा गर्ने तयारी
काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनबीच संसदीय निर्वाचनको मितिबारे छलफल भएको सुरु भएको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएपछि पहिलोपटक बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा संसदीय निर्वाचनबारे अनौपचारिक छलफल भएको हो।
बैठकमा संसदीय निर्वाचनका लागि आगामी कात्तिक २७ वा मंसिर ४ को मितिबारे छलफल भएको स्रोतले जनाएको छ । यस बिषयमा थप निर्वाचन आयोगसँग परामर्श हुने बताइएको छ ।
यसअघि २०७४ मंसिरमा संसदीय निर्वाचन प्रदेशसभाको चुनावसँगै सम्पन्न भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले मंसिर १० र २१ गते दुई चरणमा संसदीय निर्वाचन गरेको थियो।
निर्वाचन आयोगले समानुपातिकसहितको अन्तिम परिणाम ढिलो दिएका कारण सांसदहरूले फागुन २० गतेदेखि कार्य प्रारम्भ गरेका थिए।
Subscribe
Login
0 Comments


