२ आश्विन २०८३, शुक्रबार

देशभरका इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने

एसीपी संवाददाता

१९ जेष्ठ २०७९, बिहीबार ००:३२ मा प्रकाशित

काठमाडौं – इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले देशभरका इन्टरनेट जुनसुकै बेला बन्द हुन सक्ने बताएको छ । विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् को लाइन काटेपछि आइस्पानले यस्तो बताएको हो ।

प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेकोले देशका थप मूख्य शहरमा पनि इन्टरनेट सेवा बन्द हुन सक्ने आइस्पानले बताएको हो । इन्टरनेट सेवा प्रदायकहरूले आफूले प्रयोग गरेका पोलहरू स्वघोषणा गरी प्राधिकरणमा बुझाए पनि प्राधिकरणले कार्यान्वयन नगरेको इन्टरनेट सेवा प्रदायकको भनाई छ ।

यो विवाद समाधानको लागि नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेर दिएको प्रतिवेदन पनि प्राधिकरणले कार्यान्वयन नगरेको इन्टरनेट सेवा प्रदायकले बताएका छन् । इन्टरनेट काटिने भन्दै इन्टरनेट सेवा प्रदायकहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पनि पठाइसकेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x