यसरी लाग्यो जनकपुरको रेलमा आगो , दुई जना महिला पक्राउ
काठमाडौं। भारतको बिहारस्थित जयनगर स्टेसनबाट जनकपुर आउने क्रममा रहेको नेपाली रेलको एउटा डब्बामा बिहीबार दिउँसो आगो लागेको छ। नेपालमा प्रतिबन्ध लगाइएको एसिड पोखिएपछि रेलको एउटा डब्बामा आगो लाग्दा यात्रुबीच भागाभाग भएको छ।
नेपाल आउने बेलामा एसिड पोखिएर डब्बामा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएको छ। प्रतिबन्धित एसिड बोकेका दुईजना महिलालाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरेर हिरासतमा लिएको छ।
ती नेपाली महिलाहरुलाई अहिले नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउन लागेको छ। नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले जयनगर स्टेसनमा लागेको आगो निभाएर अहिले रेल जनकपुर आइसकेको छ।
माथि सामान राख्ने ठाउँमा एसिड राखिएको थियो। एसिडको एक थोपा एक महिला यात्रुको पिठ्युँमा झरेपछि उनी तर्सिएर त्यहाँबाट उठिन्। त्यसपछि सिटमा चुहिँदा धुँवा भएर आगो सल्केपछि भागाभाग भएको बताइएको छ ।
त्यहाँ तल एउटा सानो ग्यास सिलिन्डर पनि रहेको र सो ठाउँबाट एक युवक र पुरुष फरार भएपछि ती पुरुषकी श्रीमती र छोरीलाई शंकास्पद देखेपछि प्रहरीले पक्राउ गरेको छ।


