१४ मंसिर २०८३, आईतवार

भाजपाका शीर्ष नेताद्वारा राजदूत शर्माको प्रशंसा, नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुने विश्वास

एसीपी संवाददाता

२० जेष्ठ २०७९, शुक्रबार ०६:०९ मा प्रकाशित

काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको प्रशंसा गरेका छन् ।

उनले शर्माको कार्यकालमा नेपाल भारत सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

‘तपाईलाई भेट्न पाउँदा खुशी लाग्यो,’ चौथाइवालेले भनेका छन्, ‘तपाईको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध अझै मजबुत हुनेमा म विश्वस्त छु।’

यसअघि राजदूत शर्माले ट्वीटरमार्फत चौथाइवालेसँग भेट्न खुसी लागेको उल्लेख गर्दै चौथाइवाले नेपालको घनिष्ट मित्र र शुभचिन्तक भएको उल्लेख गरेका थिए।

राजदूत शर्माले आफ्नी पत्नीसहित नयाँदिल्लीमा चौथाइवाले दम्पतीसँ भेट गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x