शाङ्घाईका सडक छेउमा मानिसहरू भेला भएर नाचगान गरेका थिए। केहीले फेरि प्राप्त स्वतन्त्रताका लागि खुसी हुँदै मदिरापान गरेका थिए।

“हामी धेरै दिन लकडाउनमा बस्यौँ। हामीले उत्सव मनाउनुपर्छ। म मात्र है, सबै शाङ्घाईवासीले,” एक जनाले बीबीसीसँग भने।

“सबै नराम्रा कुरा सकिए, त्यसैले भोलि राम्रो हुने छ।”

“हामी स्वतन्त्र छौँ। म खुसी छु। म काम गर्न चाहन्छु। म भोलि काम गर्न चाहन्छु,” अर्का व्यक्तिले भने।

शाङ्घाईवासी

तस्बिर स्रोत,EPA

यद्यपि सरकारी सञ्चारमाध्यमले मानिसहरूले उत्सव मनाएको समाचारलाई स्थान दिएका छैनन्।

शाङ्घाईमा लगाइएका प्रतिबन्धहरूलाई तिनले अझै पनि “लकडाउन” भनेका छैनन्।

सरकारी सञ्चारमाध्यममा प्रकाशित विवरणहरूमा बुधवारलाई एउटा “नयाँ थालनी” को सङ्ज्ञा दिइएको छ।

शाङ्घाईमा लकडाउन हटेपछि अङ्कमाल गर्दै मानिसहरू

तस्बिर स्रोत,REUTERS