१४ मंसिर २०८३, आईतवार

पाकिस्तानले बढायो रक्षा बजेट

एसीपी संवाददाता

२२ जेष्ठ २०७९, आईतवार ०१:१५ मा प्रकाशित

एजेन्सी =  पाकिस्तानले सुरक्षाफौजका लागि विशेष आवश्यकता भन्दै ६ प्रतिशतले रक्षा बजेट वृद्धि गरेको बताइएको छ । यो वृद्धि चालु आर्थिक वर्षका लागि भएको बताइएको छ ।

द एक्सप्रेस ट्रिबुन पत्रिकाले पाकिस्तनको आर्थिक संयोजन कमिटीले तलब र अन्य अत्यावश्यक आवश्यकताका लागि भन्दै बजेट वृद्धि गरेको खबर छापेको हो ।

रक्षा बजेटका अलावा सेनालाई थप रकम अनुमोदन गरिएको छ । ८० अर्ब पाकिस्तानी रुपैयाँ त्यहाँको सेनाले अतिरिक्त रकम मागेको थियो ।

पाकिस्तान बढी रक्षा बजेट भएको देशमध्ये हो । सबैभन्दा बढी अमेरिका, चीन र भारतको रक्षा बजेट रहेको छ ।

यसैगरी, पाकिस्तानमा खाना पकाउने ग्याँसको मूल्यमा ४५ प्रतिशतले वृद्धि भएको छ । यसअघि पाकिस्तानमा पेट्रोलियम पद्धार्थ र विद्युतको व्यापक मूल्यवृद्धि भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x