१४ मंसिर २०८३, आईतवार
चीनमा बुलेट रेल दुर्घटना भयो, चालकको मृत्यु अन्य घाइते
चीनमा तिव्र गतिको रेल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार भएको घटनामा ७ जना घाइते भएका छन् ।
घटना चीनको दक्षिणपश्चिम गुइयाङ प्रान्तमा भएको हो । बुलेट रेल ग्वाङजाओतर्फ गइरहँदा दुईवटा डिब्बा लिकबाट खसेको थियो ।
सीसीटीभीले चालकको मृत्यु भएको जनाएको छ । युजाई टनलको ढोकामा सातौं र आठौं डिब्बा लिकबाट झरेको थियो । घटनामा १२६ यात्रुको उद्धार भएको छ ।
Subscribe
Login
0 Comments


