१४ मंसिर २०८३, आईतवार

काठमाडौंको कनक पेट्रोल पम्पमा बिष्फोट हुँदा दुई जना घाइते

एसीपी संवाददाता

२३ जेष्ठ २०७९, सोमबार ००:५० मा प्रकाशित

काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पको टयांकी विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।

काठमाडौं १२ टेकुमा इन्धन राख्ने ट्यांकीको ढक्कन खोल्ने क्रममा आज साँझ विष्फोट भएर  पर्साका ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

पम्पको ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा खोल्दा विष्फोट भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई ट्रमा सेन्टर पठाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x