१४ मंसिर २०८३, आईतवार

नेकपा एसले प्रधानमन्त्री देउवालाई बुझायो नयाँ मन्त्रीहरुको नामावली

एसीपी संवाददाता

२३ जेष्ठ २०७९, सोमबार ००:५२ मा प्रकाशित

नेपालगन्ज । नेकपा एकीकृत समाजवादीले आफ्ना ५ जना मन्त्रीहरुलाई फिर्ता बोलाउदै नयाँ नाम सिफारिस गरि पठाएको छ ।

नेकपा एकीकृत सवाजवादीले अबको नयाँ मन्त्रीमा भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री,  जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र हिरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीका लागि नाम  सिफारिस गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको हो  ।

यसअघि एकीकृत समाजवादीबाट मन्त्री भएका  प्रेमबहादुर आले,  रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ फिर्ता भएका छन् भने भवानी खापुङलाई  स्वास्थ्य राज्यमन्त्रीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x