१४ मंसिर २०८३, आईतवार

आफ्नै पार्टीबाट अविश्वासपछि बेलायतका प्रधानमन्त्रीले विश्वासको मत लिँदै

एसीपी संवाददाता

२३ जेष्ठ २०७९, सोमबार १४:०३ मा प्रकाशित

काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिँदै छन् । यदि उनी विश्वासको मत लिन असफल भएमा उनले प्रधानमन्त्रीको पदबाट हट्नुपर्ने हुनसक्छ ।

हाल उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका केही सांसदले नै उनीप्रति अविश्वास पेश गरेका छन् ।

पार्टीको संसदीय दलमा प्रश्न गरेपछि उनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो । उनले आजै पार्टीका सांसदहरुको मतको सामना गर्दै छन् ।

गत वर्ष कोभिड१९ महामारीका बेला नियमत उल्लंघन गरेको बिषय बाहिरिएपछि उनको आलोचना बढ्दै गएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x